सुनको मूल्य घट्यो, प्रतितोला ७३ हजार ४०० « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो, प्रतितोला ७३ हजार ४००


१९ भाद्र २०७६, बिहिबार


काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ ।

नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० मा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० निर्धारण गरिएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन रु ७३ हजार २०० मा कारोवार भएको थियो । सुनको मूल्य सामान्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ९४० मा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस