२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारी, तिज, ऋषि पञ्चमी र शुद्धीकरण

अ+ अ-

नारी
आधा आकाश ओगटेको महिलालाई धर्तीको संज्ञा दिनु सायद अनुपयुक्त नहोला। नेपाली समाजमा आज पनि महिला प्रति सोच सङ्कुचित रहेको पाइन्छ । छोरी भएर जन्मिने बित्तिकै कतिपय समुदायमा आज पनि आमा र बच्चा दुवै घृणा र अपमानको सिकार भएको पाइन्छ । मानव स्वरूप लिएर पृथ्वीमा आउन नपाउँदैबाट उसका लागि विभिन्न मूल्य मान्यता, परम्परा, आचारसंहिता र सीमाहरू तय गरिएका हुन्छन् । विगतमा महिलालाई सजाउने वस्तु र पुरुषका आकाङ्क्षा पुरा गर्ने माध्यमका रूपमा लिने गरेको हाम्रो नेपाली समाज आज पनि त्यो सोचभन्दा धेरै माथि उठ्न सकेको पाईदैन । ठुला ठुला महत्त्वाकाङ्क्षी नियम कानुन हरू ल्याईएतापनि तिनको कार्यान्वयन कुहिरोको काग जस्तै बन्न पुगेको छ । सहरी क्षेत्रमा केही सुधार जस्तो देखिएता पनि भित्री व्यावहारिक पाटो भने निकै भिन्न पाइन्छ ।

नारी, महिला वा छोरी भनेका घर भित्र सुहाउँछ । अझ जब छोरी बुहारी भएर भित्रिन्छे तब त उसका दिनहरू झन् कठिन भएर जान्छन् । अझै जागिरे महिलाका लागि भन्ने हो भने त घर, अफिस(जागिर), बच्चा सँगको दैनिकी कष्टकर नै रहने गर्दछ । आफ्नो जन्म घर छोडेर पराई घर र मान्छेहरूलाई आफ्नो सम्झेर बस्नुपर्ने कठोर परिस्थिति र अवस्थालाई सहर्ष स्विकार्दा समेत विभिन्न आरोप प्रत्यारोप र लाल्छनाको सिकार धेरै महिला आमा दिदीबहिनीको दैनिकी रहेको छ । हिजो दबिएका आवाज आज पनि दबिएका छन्, हिजो कालो अँध्यारो चार भित्ताभित्र गुम्सिएका अनुहार आज पनि चाउरी पारेर गुम्सिन बाध्य छन् । कतिपय उखान टुक्काहरू महिलाहरूलाई दबाउनकै लागि बनाई प्रयोगमा ल्याएको पाईन्छः जस्तो,

एकल महिलालाई अपमान गर्दै
राँडीलाई पोतेको रहर,
नामर्दको भर नपर्नु, राँडीको भोज नखानु,
विधवालाई ढोग्दा मजस्तै भएस् भन्छे रे,
गरिबलाई दिन्छु नभन्नु, राँडीलाई लान्छु नभन्नु,
ग्राहक रत्याउनु, राँडी अत्याउनु।

छोराछोरीको हुर्काइमा
‘छोरो पाल्नु सहरमा, छोरी पाल्नु कहरमा,
दूध उम्ले अगेनामा, छोरी उम्ले खाल्डोमा,
जसका छोरा उसका धन, जसका वस्तु उसका वन,
खोली बढे बटुवालाई पिर, छोरी बढे माइतीलाई पिर,
आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष ।’

महिलालाइ उपभोग्य वस्तुको रूपमा अपमान
गुन्द्रुक पकाउनु पर्दैन र साली फकाउनु पर्दैन
गुन्द्रुकको खानु झोल, कमारीको खानु मोल
लट्ठी टेके भर, कान्छी ल्याए घर

नेपाली भाषाका निधि भनिने यस्ता उखानले महिला यो समाजका दोस्रो दर्जाका नागरिक हुन् भनेर वैधता दिन खोजेको भान हुन्छ । मौखिक परम्पराबाट आएका यस्ता विभेद पूर्ण उखानटुक्कालाई नेपाली शब्दकोशले स्थान दिनु दुःखद पक्ष हो । ‘उखानले धेरै हदसम्म महिला÷एकल महिला÷असहाय महिलाका विपक्षमा अभिव्यक्ति दिएका छन्। जुन समतामूलक समाजको निर्माणका बाधक तत्त्व हुन पुगेका छन् ।

तिज
हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दु महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन्।

हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भई सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ

ऋषि पञ्चमी
शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन् । तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू शुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वास छ । वास्तवमा भन्ने हो भने तीज आफैँमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफुल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रङ्गमा सजिनु तीज पर्वको रङ्ग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दीर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ ।

शुद्धीकरण
महिला दिदीबहिनी तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ । यी कुराहरू तीजको सकारात्मक पक्ष हो । तर ऋषिपञ्चमीको दिन प्राकृतिक रूपमा हुने रजस्वलालाई पापको संज्ञा दिई धोई पखाली गरी पूजा आजा गरेर चोख्याउनु शुद्धयाउनु कत्तिको न्यायसम्मत छ । यो विषयमा भने सम्पूर्ण महिला आमादिदिवहिनिले ध्यान दिनै पर्ने हुन्छ । आज हामीले पर्व र चाडको नाममा गरेको कर्मले भोलिको हाम्रो पुस्तामा कस्तो सन्देश जाला र हिजोदेखि हामीले आफूलाई हेपाएर, पिडा दिएर, आफ्नो स्वाभिमानलाई झुकाएर आमा बन्न सक्ने क्षमताको विकासका क्रममा हुन सक्ने क्रियाकलापलाई पाप भनेर आफ्नो विरुद्धमा लाग्नेहरूलाई ठाउँ दिनु कत्तिको उपयुक्त हुन्छ होला ?

हाम्रो आमा हजुरआमाहरू वा उहाँहरू भन्दा पहिलेको पुस्तालाई त्यसरी सिक दिइयो, घर बाहिर स्वतन्त्र भएर हिँड्ने र बोल्ने वातावरण दिँदैनथ्यो र उहाहरुलाई जे सिकाइयो त्यसैलाई आफ्नो संस्कार र परम्परा मान्दै अघि बढ्नुभयो त्यो समय र परिस्थितिको उपज थियो त्यसलाई दोष दिन मिल्दैन तर वर्तमान समयमा हाम्रो पुस्ता जो आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक रूपमा सक्षम छ त्यसले पनि त्यी र त्यस्ता गलत विषयलाई निरन्तरता दिनु कत्तिको न्यायपुर्ण हुन्छ ? के भोलिको पुस्ता हाम्रा छोरीहरूलाई पनि छोरी तिमी रजस्वला हुनु भनेको तिमी पापी हुनु हो र त्यसको शुध्याई तिमिले प्रत्येक वर्ष ऋषिपञ्चमीको दिनमा गर्न सक्छौ अन्यथा तिमी त्यो पापको भागी हुनेछौ भनी सिकाउने हो त?

यदि वर्तमान पुस्ताले अलिकति बुझेर सही र गलत के भनी आफूलाई परिवर्तनको भागीदार बनाउन नसक्दा सम्म सायद सुदूर तथा मध्य पश्चिममा जरा गाडेर बसेको छाउपडी प्रथा र त्यसबाट प्रत्येक महिना कयौँ महिलाले भोग्नुपरेको जटिलता र कठिनता को न्यूनीकरण असम्भव प्राय हुन जान्छ । सहर बजारमा बस्ने सेवा सुविधाको मनग्य प्रयोग गर्ने तथा उच्च शिक्षा प्राप्त, विभिन्न महत्त्वपूर्ण निकायमा प्रतिनिधित्व गर्ने महिला बन्धुहरू तथा देश विदेशका पर्याप्त स्रोतहरू प्रयोग गरी एनजीओ÷आईएनजीओ सञ्चालन गरिरहनुभएको राज्यबाहेकका क्षेत्रहरू समेत यस विषयमा केन्द्रित भई संकुचित सोचमा परिवर्तन गरी अगाडि बढ्नुपर्ने अपरिहार्यता रहेको छ । सुरु आफूबाट र आजैबाट भन्ने मानसिकताको विकास गरी एक महिलाले अर्को महिलाको अप्ठ्यारो परिस्थितिमा सहयोग गरी आफ्नो घरभित्रबाट सुरुवात गर्न सकेको खण्डमा रजस्वला पाप नभई हरेक महिलाको जीवनमा वरदान साबित हुन पुग्छ ।

प्रतिक्रिया दिनुहोस