काठमाडौं । प्रहरीले गोली प्रहार गरि अपराधी समूहका सत्यराज योगी अर्थात सन्तोष दासलाई पक्राउ गरेको छ ।
भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने दास नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।
पैदल आउँदै गरेका दासले प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दै गर्दा वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रण लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । दासको दाहिने घुँडामा गोली लागेको छ ।
गोली लागेर घाइते भएका दासको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।
दासको साथबाट प्रहरीले म्यागजीनसहितको टाईप ५४ मोडेलको पेस्तोल, १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा रहेको खैरो रङ्गको १७० ग्राम धुलो पदार्थ पनि बरामद गरेको छ ।