घुस लिएको अभियोगमा सबइञ्जिनीयर भट्टराईविरुद्ध मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस लिएको अभियोगमा सबइञ्जिनीयर भट्टराईविरुद्ध मुद्दा


१७ भाद्र २०७६, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी सरावल गाँउपालिका सबइञ्जिनीयर भीमदेव भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक कालोपत्रे तथा नाला निर्माण कार्यमा सबइञ्जिनीयर भट्टराईलाई रु तीन लाख ६१ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

नालीको कम उचाइ, प्लास्टर कम तथा नालीको बढी मूल्याङ्कनसमेत गरी गैरकानूनी लाभ वा हानी पुर्‍याउने बदनियत राखेको पाइएको आयोगको भनाइ छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले भट्टराईविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरी कैद सजायको समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस