लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण


१७ भाद्र २०७६, मंगलबार


काठमाडौँ । प्रदेश १ सरकारले लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेको छ ।

प्रदेश १ प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले मंगलबार उक्त विधेयक प्रमाणिकरण गरेका हुन्।

यससँगै अब प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने बाटो खुलेको छ।

प्रदेश सभाको यही भदौ १० गतेको ४० औं बैठकले विधेयक पारित गर्दै प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पठाएको थियो।

प्रदेश निजामतीलगायत प्रदेश प्रहरी, प्रदेश संगठित संस्था, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको कर्मचारी पदपूर्ती गर्ने अधिकार प्रदेश लोक सेवा आयोगलाई छ।

आयोगमा एक अध्यक्ष र दुई सदस्य रहने छन्। समावेशी सिद्धान्तका आधारमा आयोगका पदाधिकारी चयन गरिने र कम्तीमा एक महिला अनिवार्य राखिने विधेयकमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस