२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमन हवाई आक्रमणमा १०० भन्दा बढीको मृत्यु : आइसीआरसी

अ+ अ-

साना, यमन । हुथी विद्रोहीविरोधी कारबाही सञ्चालन गर्दै आएको साउदी अरब नेतृत्वको गठबनधन सेनाले कैदीहरू राखिएको एक केन्द्रमा गरेको हवाई आक्रमणमा १०० जनाभन्दा बढी ब्यक्तिको मृत्यु भएको विश्वास गरिएको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) ले आइतबार जनाएको छ ।

‘हाम्रो अनुमानमा १०० जनाभन्दा बढीको हवाई आक्रमणमा परी मृत्यु भएको छ,’ यमनका लागि आइसीआरसीका प्रतिनिधिमण्डलका प्रमुख फ्रेन्ज राउचेन्स्टेनले हवाई आक्रमणस्थलको निरीक्षणपछि एएफपीलाई बताए ।

उनले भने, ‘हवाई आक्रमणमा घाइते भई बाच्न सफल कम्तीमा ४० जनालाई रेडक्रसको सहयोगमा उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।’

यसपहिले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आफूले हुथी विद्रोहीको सेना र उसका ‘ड्रोन तथा मिसाइल’ लगायतका बन्दोबस्तीका सामानलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

तर हुथी टेलिभिजन च्यानल अल–मसिराले भनेको छ, ‘आक्रमणमा दर्जनौँ मारिएका र केही घाइते भएका छन्’ टेलिभिजनमार्फत दिइएको जानकारीमा गठबन्धन सेनालाई उद्धृत गर्दै भनिएको छ, ‘सात पटक गरिएको हवाई आक्रमणमा विद्रोहीले थुनुवा राख्दै आएको भवनमाथि आक्रमण गरिएको थियो ।’

आइसीआरसीले आक्रमणस्थल धमार क्षेत्रमा सयौँ स्वास्थ्यकर्मीसहितको सहयोग पढाएको उल्लेख गरेको छ । आइसीआरसी यमनी प्रतिनिधिमण्डलका प्रमुखले घटनास्थलको अवलोकन गरेको बताइएको छ ।

राउचेन्स्टेनले भने, ‘भवन भत्किएको छ । भवनको भग्नाबशेषभित्र जीवित व्यक्ति पाइने विश्वासका साथ उद्धारकार्य जारी छ भने मृत शरीरलाई जम्मा गरेर व्यवस्थापन गर्ने काम भइरहेको छ ।’ तर घटनास्थललाई नियाल्दा त्यहाँबाट कसैलाई जीवित उद्धार गर्न सकिने सम्भावना क्षीण रहेको उनले बताए ।रासस/एएफपी