काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको निवासमै पुगी भेटवार्ता गरेका छन् ।
शनिवार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठ पुगेका पर्यटनमन्त्री भट्टराईले मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० बारे जानकारी देउवा निवास पुगेका हुन् ।
मन्त्रालयको कार्य योजना बारे जानकारी गराएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै पर्यटन मन्त्री भट्टराई सामाजिक सञ्जालमा प्रशंसा भएको छ ।
भट्टराईले मन्त्री भएपछि पहिलो पटक देउवालाई भेटेका हुन् ।