२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने

अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । धावनमार्ग लगायतका जिर्णोद्धार कार्यको दोसा्रे चरणको आगामी भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार ‘जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म (भदौ १५ गतेदेखि पुस १५ गतेसम्म) राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान-अवतरण सबै बन्द हुनेछन् ।

यद्यपि नेपाल एयरलाइन्सको ओशाका उडान हुने दिन भने केही समय विमानस्थल खुलाइने छ । नेपाल एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

महाप्रवन्धक क्षेत्रीले भने ‘नेपाल एयरलाइन्सको ओसाका फ्लाइट नहुने दिनचाहिँ साढे ११ बजेदेखि बन्दै हुन्छ, फ्लाइट हुने दिन साढे ११ बजेबाट एयरपोर्ट बन्द हुन्छ, कामचाहिँ सुरु हुन्छ । अनि ठ्याक्क दुई बजे काम बन्द हुन्छ, एयरपोर्ट सुरु हुन्छ । अढाई बजे जहाज उडेपछि फेरि एयरपोर्ट बन्द हुन्छ र बिहान साढे ६ बजेसम्म काम सुरु हुन्छ ।’

यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर रनवे (धावनमार्ग)को जिर्णोद्धार गरिएको थियो । अब दोस्रो चरणअन्तर्गत रनवे सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने महाप्रवन्धक क्षेत्रीले जानकारी दिए ।

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको त्रिभुवन विमानस्थलको जिर्णोद्धारको काम चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस