गोरखामा तीन हजार गाँजाको बोट नष्ट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गोरखामा तीन हजार गाँजाको बोट नष्ट


१३ भाद्र २०७६, शुक्रबार


गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–८ र ६ मा रहेका तीन हजार गाँजाको बोट फडानी गरेको छ । अवैधरुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले वडा नं ६ को ढाँटगाउँ र ८ स्थित रानीवनमा बिहीबार गाँजा फडानी गरेको हो ।

लागुऔषधविरुद्ध प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फडानीको काम तीव्र पारिएको उनले बताए ।

लागुऔषधविरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीयवासीसमेतलाई सहभागी गराएर अभियान सञ्चालन गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषधविरुद्धको कार्यक्रम सञ्चालन भइरहेको छ । उनले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजाखेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस