२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भासिएको पासाङल्हामु राजमार्ग सुधारको काम तीव्र

अ+ अ-

रसुवा । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह भासिएको स्थानमा तत्काल टेवापर्खा लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गर्न ढुुङ्गाको पहरो फुटाउने प्रयास जारी रहेको छ ।

पहिरोलाई विस्फोटन गराउन मङ्गलबारदेखि शुरू भएको प्वाल खोप्ने काम तीव्ररूपमा भइरहेकाले आज मध्याह्नसम्म विस्फोटन गराउने लक्ष्य लिइएको छ ।

नेपाल चीन केरूङ ओहोरदोहर गर्ने मालवाहक कन्टेनर, यात्रुवाहक बस तथा अन्य सवारीसाधन भने आंशिकरूपमा छोड्ने व्यवस्था मिलाइसकिएको बताउँदै जिल्लाका प्रमुख प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरूष ढकालले पहिरो स्थलमा प्रहरीसमेत परिचालन गरिएको जानकारी दिनुभयो । पहराको ढुङ्गामा मङ्गलबार र बुधबारको प्रयासबाट पाँच/छ मिटर गहिराइ भएका ४८ वटा प्वाल खोप्ने कार्य सम्पन्न भएको बताइएको छ ।

आज बिहानसम्ममा थप १५/१६ प्वाल परेपश्चात् आजै विस्फोटन हुने स्थानीय प्रशासनले बताएको छ ।

पहिरोमा प्वाल पार्ने काममा रसुवागढी हाइड्रो पावरमा कार्यरत चिनियाँँ नागरिकसमेत परिचालन गरिएको र विस्फोटन पदार्थ प्रयोगका लागि सोमबारबाटै हेटौँडाकोे भैँसेमा कार्यरत नेपाली सेनाको कालिप्रसाद इञ्जिनीयरिङ गणका दक्ष जनशक्ति तैनाथ भइसकेका छन् । यता लाङ्टाङ राष्ट्रिय निकुञ्जकोे सुरक्षामा कार्यरत नेपाली सेना कालिजङ्ग गणले राजमार्ग व्यवस्थापनमा उल्लेखनीय सहयोग गरिरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

राजमार्ग व्यवस्थित गर्न स्थानीय प्रशासन, नेपाली सेना कालिजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रसुवागढी हाइड्रो पावर र सडक विभागका डोजर तथा स्काभेटर अपरेटर समेतको योगदान भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस