अफगानिस्तानमा ३७ तालिवान लडाकू मारिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानमा ३७ तालिवान लडाकू मारिए


९ भाद्र २०७६, सोमबार


अफगानिस्तान । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा ३७ तालिवान लडाकू मारिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरु मारिएको अधिकारीहरुले सोमबार जनाएका छन् ।

सेनाका क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइले सुरक्षाकर्मीहरुको तर्फबाट हवाई तथा स्थलगत कारवाही अभियान चलाइएको थियो । चारबोलाक र शोल्गारा जिल्लामा आइतबारदेखि भएको आक्रमणमा परी अरु केही लडाकू घाइते पनि भएको जनाइएको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस