पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक


९ भाद्र २०७६, सोमबार


काठमाडौँ । नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।

सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत बैठक बस्न लागेको हो ।

बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले नै गर्ने भएका छन् । नेपालका लागि यो नयाँ प्रयोग भएको मन्त्रीहरुले बताएका छन् ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस