१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा योजनामा आउन आह्वान

अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यावहारिक र सहज बनाउँदै कार्यान्वयनका लागि सबैलाई सामाजिक सुरक्षा कोषको दायरामा आउन आह्वान गरेका छन् ।

सामाजिक सुरक्षा कोषद्वारा आज आयोजित मन्त्रालय र होटल सङ्घ नेपालबीचको संयुक्त अन्तरक्रियामा उनले बुझाइ र योजनाका हिसाबले सामाजिक सुरक्षा कोष नयाँ भए पनि दीर्घकालीन रुपमा फाइदा पु¥याउने भन्दै कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरे । ‘सरकार नियन्त्रणकारी निकाय होइन, सरकारले वातावरण सिर्जना गर्ने हो, होटल व्यवसायीको पनि केही समस्या छन्, ति समस्यालाई सरकारले समाधान गर्नेछ, तर होटल व्यवसायीले कामदारको न्यूनतम तलब रु १३ हजार ४४५ कार्यान्वयन गर्दै सुरक्षा कोषको दायरामा आउनुपर्ने हुन्छ’, उनले भने ।

सामाजिक सुरक्षा योजनामा मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत कट्टा गरी (रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकका तर्फबाट ११ प्रतिशत) रोजगारदाताले कोषले तोकेको बैंक खातामा प्रत्येक महीना सकिएको १५ दिनभित्र जम्मा गरिसक्नु पर्नेछ । योगदानमा आधारिक सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ अनुसार सामाजिक सुरक्षा कोषले विभिन्न योजनासमेत ल्याएको छ ।

होटल सङ्घ नेपालका अध्यक्ष सिर्जना राणाले होटल उद्योगमा काम गर्ने कर्मचारीको पारिश्रमिक, भत्ता, पोशाक, खाना एवं १० प्रतिशत सेवा सुविधा गरेर अन्य उद्योगको तुलनामा होटलमा कार्यरत कामदार कर्मचारीले पाउने सुविधा झन्डै दुई गुणाले भन्दा बढी हुन गएको बताए ।

उनले भने, ‘यसरी सुविधा प्राप्त गरे तापनि समय समयमा श्रमिकबाट प्रतिष्ठानमा राखिने अनावश्यक माग तथा गैरकानूनी बन्द हड्ताल जस्ता विषयले नेपालमा पर्यटक भित्र्याउने कुरामा चुनौती भएको देखिन्छ, जसका कारणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्तामा देखिएको उत्साहमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।’

अध्यक्ष राणाले राज्यले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डका रुपमा व्याख्या गर्ने गरेको भएता पनि होटल क्षेत्रलाई व्यावहारिक हिसाबले उद्योगको दर्जामा नराखिएका कारण होटल उद्योगले राज्यबाट उपलब्ध गराउन सक्ने कुनै प्रकारको सहुलियत प्राप्त गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस