घुस लिएको अभियोगमा अधिकृत अमात्यविरुद्ध मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुस लिएको अभियोगमा अधिकृत अमात्यविरुद्ध मुद्दा


८ भाद्र २०७६, आइतबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कमवानपुरका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उद्योग दर्ताका लागि प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइइई) स्वीकृत गर्ने प्रयोजनाका लागि विभिन्न बहाना गरी अमात्यले रु ५० हजार घुस मागेको आरोप लागेको छ । आयोगले बिगो असुल गरी कानूनअनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस