२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि पेशामा युवा नेता आचार्य

अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो जीवनयापनको माध्यम बनाएका छन् । उनले होलस्टेन र जर्सी जातका दुई/दुई गाई पालेका छन् । साथै पाँच रोपनीमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्न थालेका छन् ।

गाईको दूध बेचेर ४० हजार र तरकारीबाट ४० हजार गरी मासिक ८० हजार रुपैया बचत हुने गरेको आचार्यले जानकारी दिए । तत्कालिन नेकपा एमाले निकट भातृ सङ्गठन अनेस्ववियु तनहुँ जिल्लाका पूर्वअध्यक्ष तथा अनेस्ववियुको केन्द्रीय सदस्य रहेका युवानेता आचार्य हाल कृषक पेशामा लाग्दा छिमेकीसमेत दङ्ग पर्ने गरेका छन् । गाईको दूध, गहुँत र गोबर बिक्री गरी आम्दानी गर्ने गरेको उनले बताए ।

एक गाईको दूध बिक्रीबाट मासिक रु १० हजार नाफा हुन्छ । आचार्यले भने, “छिमेकीको दूधसमेत खरीद गरी बिहान र बेलुका चार किलोमिटर परको सदरमुकाम दमौलीमा दूध बेच्छु ।” हाल दैनिक रु ७० देखि ८० लिटर दूध बिक्री हुन्छ । कृषिकर्मलाई जीवनसङ्गिनी भूमिकाले साथ दिँएकोले काम सहज बनेको छ ।

राजनीति भनेको सामाजिक क्षेत्रको हो, आर्थिकरूपमा फाइदा छैन । तर, घरपरिवार चलाउन पैसा जरुरत पर्ने भएकाले मैले कृषि पेशालाई अँगालेको आचार्यको भनाइ छ । उनले थपे, “गाईको गहुँतले रोग, कीरा नियन्त्रण गर्न सहज हुन्छ, तरकारीका लागि पनि मल पनि राम्रो हुने हुँदा पशुपालन र तरकारी खेतीलाई सँगसँगै लगेको हुँ ।”

समाज सेवामा आफ्नो रुचि रहेकाले राजनीति र कृषिलाई एकैसाथ लैजाने योजना रहेको आचार्य बताउँछन् । “बिहान र बेलुका कृषि पेशा गर्छु, दिउँसो बचेको समय राजनीतिमार्पmत सामाजिक क्षेत्रमा लाग्ने योजना बनाएको छु”, उनले भने ।

आचार्यले विसं २०७४ असार ८ गतेबाट आचार्य गाई फार्म दर्ता गरी व्यावसायिकरूपमा कृषि पेशा गर्दै आएका छन् । उक्त पेशाका लागि रु १५ लाख लगानी भएको र हालको भन्दा दोब्बर आम्दानी लिन थप रु १० लाख लगानी गर्ने सोच बनाएको उनले बताए ।

व्यावसायिक कृषकका लागि बैंकले सहजरूपमा ऋण दिने, आधुनिक कृषियन्त्रमा सहुलियत दिने र सरकारले कृषकको सामान खरीद गरेर बिक्री वितरणको सुरक्षा लिने हो भने विदेश गएका युवाहरु स्वदेश फर्किएर कृषि पेशा गर्न सक्ने आचार्यको सुझाव छ ।

“कृषि पेशामा दुःख गरेअनुसार आम्दानी नभएकाले युवाहरु कृषि पेशाप्रति आकर्षित हुन नसकेका हुन्”, उनले भने, “राज्यले किसानको उत्पादन बिक्री वितरण गरिदिन्छौँ भनेर निश्चितता गर्ने हो भने बिचौलियाको अन्त्य हुनुका साथै कृषि पेशातर्फ मानिसहरु आकर्षित हुन सक्छन् ।”

कृषिसम्बन्धी नीति बनाउँदा कृषकलाई नै राखेर बनाउनुपर्छ । उनले भने, “किसान राखेर नीति बनाउनसके मात्रै किसानमैत्री नीति बन्न सक्छ र वास्तविक किसान लाभान्वित हुन सक्छन् ।” रासस

प्रतिक्रिया दिनुहोस