सिरहामा करेन्ट लागेर युवकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिरहामा करेन्ट लागेर युवकको मृत्यु


६ भाद्र २०७६, शुक्रबार


लहान । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ ।

धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस