गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास


६ भाद्र २०७६, शुक्रबार


काठमाडौं । उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उनले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताएका छन् ।

‘सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाले पोख्ने सुख–दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्यजस्ता संस्कार, संस्कृतिले झनै सुन्दर बनाएको छ’, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाइने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता खुशी हुनेजस्ता जनविश्वास रहिआएको उनले स्मरण गरेका छन् ।

उपराष्ट्रपतिले गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशवासी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र राष्ट्रको निरन्तर समुन्नतिको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस