२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६५ बिघामा सामूहिक धानखेती

अ+ अ-

बनियानी । पछिल्लो समय सामूहिक खेतीतर्फ यहाँका कृषक अग्रसर बन्दै गएका छन् । कम खर्च र मेहनतमा राम्रो उत्पादन लिन सकिने भएपछि यहाँका कृषक सामूहिक खेतीतर्फ आकर्षित भएका हुन् । सरकारले सामूहिक खेती गर्ने कृषकलाई कृषि औजार र मल–बीउ खरीदमा विशेष प्राथमिकता दिँदै आएको छ । समूहमा खेती गर्नेलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले बजेटमै विशेष अनुदान कार्यक्रम ल्याएका छन् ।

झापाको कनकाई र झापा गाउँपालिकाका कृषक सामूहिक खेतीमा जुटेका छन् । दुई स्थानीय तहको सिमाना पर्ने कनकाई–५ र झापा–६ का ४० भन्दा बढी कृषक सामूहिक खेतीमा जुटेका हुन् । यी दुई स्थानीय तहका कृषकले एकलभन्दा पनि सामूहिक खेती गर्दा सहजतासँगै फाइदा हुने निष्कर्ष निकालेर त्यसतर्फ अग्रसर भएका हुन् । प्रगति पथ कृषि सहकारी संस्थामार्फत यहाँका कृषकले हाल ६५ बिघामा धानखेती लगाइरहेको संस्थाका अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताए ।

‘६२ बिघामा रोपाइँ गरिसकेका छौँ’, उनले भने,’अब एक/दुई दिनभित्रमा रोपाइँ सकिन्छ ।’दैनिक ३८/४० जना रोपार लगाएर धान रोपाइँ भइरहेको उनले बताए । संस्थामा खनजोतका लागि दुई ट्रयाक्टर भए पनि अन्य कृषि औजार नभएकाले केही समस्या भएको उहाँको भनाइ थियो । बीउ प्रतिमुठ्ठा रु पाँच र रोपारलाई दैनिक रु ५०० ज्याला दिने गरिएको उनले सुनाए ।

‘धान रोप्ने कृषि औजार छैन’, उनले भने, ‘खेतीमा लागत खर्च बढी भएको छ ।’ एकलभन्दा सामूहिक खेती गर्दा सहज भएको झापा–६ का हरिकुमार पराजुलीले बताए । “एक्लै खेती गर्दा सबै काम आफैँ गर्नुपथ्र्यो’, उनले भने, ‘समूहमा गर्दा खेती गर्न सहज भएको छ ।’ पराजुलीले आफ्नो डेढ बिघा जग्गामा समूहमार्फत खेती गरिरहेका छन् ।

पराजुलीको जस्तै भनाइ छ, कनकाई–५ का टीकाराम ओझाको । उनले समूहमा कृषि औजारको प्रयोग गरेर वैज्ञानिक खेती प्रणाली आउनुपर्ने बताए । ‘समूहमा खेती गर्दा धेरै सहज हुँदोरहेछ’, उनले सामूहिक खेती गर्दाको अनुभव सुनाउँदै भने, ‘एक्लै हुँदा सबै कुराको चिन्ता लिनुपथ्र्यो, अहिले त्यस्तो केही तनाव छैन ।’ ओझाले १० बिघा खेती समूहमार्फत् गर्न थालेका छन् ।

खेतमा अहिले रञ्जित, छोटा बासमती, लाल बासमतीलगायतका धानको बीउ लगाइएको छ । प्रतिबिघा ६० मन धान उत्पादन गर्ने लक्ष्य रहेको प्रगतिपथ कृषि सहकारी संस्थाका उपाध्यक्ष गोकर्ण ओझाले बताए ।

यो क्षेत्रमा गत वर्षदेखि मकै पकेट क्षेत्रसमेत घोषणा भएको छ । यहाँका कृषकले ७० बिघामा सामूहिक मकैखेती गरेका थिए । जसबाट करीब तीन हजार पाँच मन मकै उत्पादन भएको संस्थाका अध्यक्ष चिमरिलाले बताए ।

‘एक हजार ८०० मन मकै छोडाइसकेका छौँ’, उनले भने, ‘बाँकी १७ सय मन जति छोडाउन बाँकी छ ।’ मकै राम्रो उत्पादन भएपछि कृषक खुशी भएका छन् । मकै पकेट क्षेत्रअन्तर्गत सरकारले रु २५ लाख अनुदानसमेत दिएको छ ।

संस्थामा दुई वटा मकै रोप्ने मेशिन, एक मकै गोड्ने मेशिन र दुई ट्र्याक्टर छ । उत्पादित कृषि उपज भण्डारणका लागि रु एक करोडको लागतमा भण्डारण गृहसमेत निर्माण गरिएको छ । सात हजार ५०० वर्गफिटको भण्डारण गृहको क्षमता ३० हजार मन रहेको छ । भूमिगत जल सिँचाइअन्तर्गत सिँचाइका लागि रु १७ लाखको लागतमा एउटा डिप बोरिङसमेत जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस