काठमाडौँ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संसदीय समितिले दिएको निर्देशन पालना नगर्ने मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले समितिको राय, सुझाव वा निर्देशन सरकारका मन्त्रीले अनिवार्य पालना गर्नुपर्ने बताउँदै नगर्ने मन्त्री संवैधानिक र नैतिक रुपमा मन्त्री पदमा बस्न नहुने बताएका छन् ।
उनले कार्यविधि, विनियम, निर्देशिका र मापदण्ड बनाएर मन्त्री र सरकारी अधिकारीहरुले वेथिती बढाएकोसमेत बताए ।