२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनमन्त्रीद्वारा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको अनुगमन

अ+ अ-

फिक्कल । इलाममा निर्माणाधीन विमानस्थल सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसको अनुगमन गरेका छन् ।

गृहजिल्ला ताप्लेजुङ जानेक्रममा उनले आज विमानस्थलको अनुगमन गरेका हुन् । उनले अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यहाँको विमानस्थल आवश्यकता भएर नै शुरु भएकाले सम्पन्न हुने बताए । पहाडी जिल्लामा विमानस्थल आवश्यकता महसुस भएर नै यहाँ काम थालिएको उनको भनाइ छ ।

पार्किङ र धावनमार्गको काम भइरहेको भन्दै उनले स्थानीयलाई निराश नबन्न आग्रहसमेत गरे। पन्ध्र महीनाको ठेक्का शुरु भइसकेको बताउँदै उनले काम शुरु भएको एक महीना बितिसकेको बताए । अबको १४ महीनामा यसको हेर्न लायकको प्रगति हुने भन्दै उनले त्यसपछि थप रकम विनियोजन गरेर भए पनि यसलाई सम्पन्न गर्न आफू लागिपर्ने बताए ।

पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुर्‍याउने भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । नागरिक उड्डयन प्रधिकरणका इञ्जिनियर तथा आयोजना प्रमुख मनोज भट्टराईले आगामी असोजसम्ममा दोस्रो परीक्षण उडान गर्ने लक्ष्य रहेको बताए । इलाम नगरपालिका– ९ को गोलाखर्क भञ्ज्याङ नजिकै निर्माणाधीन सुकिलुम्बा विमानस्थलको २०७५ सालमा पहिलोपटक परीक्षण उडान भइसकेको छ ।

यसैबीच पर्यटनमन्त्री भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । उनले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरुप त्यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम भइरहेको जानकारी गराए।

इलामको सूर्योदय नगरपालिकामा जनप्रतिनिधिसँगको सङ्क्षिप्त भेटमा मन्त्री भट्टराई चियाको राजधानीका रुपमा परिचित इलाममा छिमेकी भारतबाट चिया खानकै लागि पनि पर्यटक आउने वातावरण बनाउनुपर्ने बताए । ‘सूर्योदयबाट भारत टाढा छैन । कम्तीमा भारतबाट एक कपमात्र चिया पिउन पर्यटक आउने वातावरण बनाउनुपर्‍यो’, उनले भने ।रासस

प्रतिक्रिया दिनुहोस