१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता

अ+ अ-

चेङ्दु । चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अरु २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ ।

देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र अबा तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबार मुसलधारे वर्षा भएको अधिकारीहरुले जनाएका छन् ।

बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि सिर्जित प्राकृतिक प्रकोपबाट अरु छ जना घाइते भएका छन् भने एक लाखभन्दा बढी विस्थापित भएका छन् ।

विस्थापित भएकाहरुलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरुले जनाएका छन् ।

प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरुलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरु पुर्‍याउदै गरेको जनाएको छ ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटकहरु पनि विस्थापित हुनु परेको छ । उनीहरु वेन्चाउ क्षेत्रमा अल्पत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै परेको अधिकारीहरुको भनाइ छ ।

स्थानीय अधिकारीहरुले अप्ठ्यारोमा परेका पर्यटकहरुको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् ।

अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र राहत वितरण कार्य जारी रहेको समाचारमा जनाइएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस