२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेलाई अनुसन्धानका लागि पुनः पाँच दिनको म्याद थप

अ+ अ-

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदु शर्माले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता सुनिल पोखरेल, सुशील पन्त र चूडामणि सापकोटाले बहस गरेका हुन् । आरोपी तीन जनालाई बिहान १० बजे नै अदालत लगिएको थियो ।

लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

अनुसन्धानका अन्य पाटोहरु बाँकी रहेकाले थप अनुसन्धानका लागि प्रहरीको पत्रअनुसार सरकारी वकिलको कार्यालयले १० दिन म्याद थप माग गरेको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले बताए । सरकारी वकिलको मागका आधारमा पाँच दिन म्याद थप गरिएको गिरीले राससलाई जानकारी दिए। तीन नम्बर इजलासमा बहस भएको उनले बताए ।

गएको बिहीबार काठमाडौँबाट पक्राउ गरेर चितवन ल्याइएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको समय सोमबार सकिएको थियो । पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले शव परीक्षण रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सिसीटिभी फुटेजलगायत अन्य रिर्पोट प्राप्त भइसकेको र अदालतबाट थप पाँच दिनको अनुमति प्राप्त भएकाले अनुसन्धानमा सहज हुने प्रतिक्रिया दिए । परीक्षण रिपोर्टमा पत्रकार पुडासैनीकोे आत्महत्या कै कारण ज्यान गएको उल्लेख गरिएको उनले बताए ।

आज पनि अदालत परिसर बाहिर लामिछानेका समर्थक भेला भएका थिए । उनीहरुले पाँच दिनदेखि प्रदर्शन गरिरहेका छन् । अन्य दिनको तुलनामा आजको प्रदर्शन शान्तिपूर्ण थियो ।

प्रतिक्रिया दिनुहोस