२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा १० हेक्टर खेतमा रोपाइँ भएन

अ+ अ-

गलेश्वर । यस वर्ष धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण म्याग्दीमा अझै १० हेक्टर जमीन बाँझै छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको १० हेक्टर जमीनमा धान रोपाइँ हुनसकेको छैन ।

हालसम्म जिल्लाभर कूल तीन हजार ८८८ हेक्टर क्षेत्रफलको जमीनमा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कूल क्षेत्रफल दुई लाख २९ हजार ७०६ हेक्टर रहेकामा कूल खेतीयोग्य जमीन ३० हजार ८५६ हेक्टर अर्थात् १३ दशमलव ४३ प्रतिशत मात्रै रहेको छ ।

त्यसमध्ये १९ हजार ४८३ हेक्टर अर्थात् आठ दशमलव चार प्रतिशत क्षेत्रफलमा खेती गरिएकामा तीन हजार ८९८ हेक्टर जमीनमा मात्रै धानखेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिरो र भू–क्षयबाट ११ हेक्टर जमीन नोक्सान भएको छ भने एक हजार ६८१ हेक्टर अर्थात् आठ दशमलव छ प्रतिशत जमीन मात्रै बाह्रै महीना सिञ्चित हुने गरेको छ । यसैगरी चार हजार ३२५ हेक्टर अर्थात् २२ दशमलव एक प्रतिशत मौसमी सिञ्चित जमीन रहेकामा ७५ हेक्टर जमीन बाँझै छ ।

म्याग्दीका कूल कृषक परिवार सङ्ख्या २२ हजार ४८० रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये तीन हेक्टर क्षेत्रफलको जमीन रियलस्टेटले ढाकेको छ । पछिल्लोे जनगणनाअनुसार म्याग्दीको कूल एक लाख १३ हजार ६४१ जनसङ्ख्यामध्ये ८९ हजार ९२० अर्थात् ८२ दशमलव दुई प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छ ।

गत वर्ष कूल धानखेती हुने जमीन सबैमा खेती गरिएकामा यस वर्ष शून्य दशमलव पाँच प्रतिशत अर्थात् १० हेक्टर जमीन बाँझै रहेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए।

धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा समेत छिट्टै रोपाइँ हुनुपर्ने भए पनि यस वर्ष समयमा पानी नपरेका कारण ढिलो रोपाइँ भएको थियो । समयमै पानी नपर्नु, सिँचाइको असुविधा, मनसुनको भर पर्नुपर्ने बाध्यताले गर्दा रोपाइँ नभएको किसान बताउँछन् । म्याग्दीमा मार्सी, लुम्ले, जेठोबूढो, गौरिया, गुडुरा, दर्माली, भट्टेलगायत जातको धानखेती गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस