१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काश्मिर विवादबीच पाकिस्तानद्वारा सैन्य प्रमुखको कार्यकाल थप

अ+ अ-

इस्लामावाद । भारतीय संविधानमा काश्मिरबारे विशेष व्यवस्था भएको धारा ३७० लाई खारेज गरेपछि भारत–पाकिस्तानबीच राजनीतिक विवाद चलिरहेका समय पाकिस्तानी सैन्य प्रमुखको कार्यकाल आगामी तीन बर्षका लागि थप गरिएको पाकिस्तानी अधिकारीले सोमबार बताएका छन् ।

भारतले काश्मिरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय र अमेरिकी प्रशासनले शान्ति सम्झौता गरी अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता लान खोजिरहेका समय पाकिस्तानले आफ्ना सैन्य प्रमुख जनरल कमार जाभेद बाजवाको पदावधि तीन बर्षका लागि थप्ने निर्णय गरेको हो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनरल कमार जाभेद बाजवा आगामी आगामी तीन बर्षका पुनः सेना प्रमुखका रूपमा रहनेगरी नियुक्त गरिएको छ । निर्णय क्षेत्रीय सुरक्षा वातावरणलाई मध्यनजर गर्दै लिइएको छ ।’

पदावधि थपबारे पाकिस्तानी सैनिक प्रवक्ताले पनि पुष्टि गरेका छन् यसलाई राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यावश्यक निर्णयका रूपमा पाकिस्तानले उल्लेख गरेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस