सवारी साधनबाट एक करोड सङ्कलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सवारी साधनबाट एक करोड सङ्कलन


२ भाद्र २०७६, सोमबार


सिन्धुली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व)  सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को अवधिमा सवारी कारबाहीबाट उक्त जरिवाना सङ्कलन गरिएको हो ।

सवारी साधन कारबाहीबाट जरिवाना रकम सङ्कलन गरेको अहिलेसम्मकै उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस वर्ष बढी राजश्व सङ्कलन भएको प्रहरी नायव निरीक्षक विष्णु बस्नेतले जानकारी दिए । सिन्धुलीमा सवारी चाप बढ्दै जाँदा सवारी साधनहरूले नियम उल्लङ्घन गर्दा कारबाहीको सङ्ख्या पनि बढेको उनको भनाइ छ ।

सवारी कारबाहीबाटै एक मही नामा न्यूनतम रु सात लाख राजश्व सङ्कलन भएको छ । एक आवमा १७ हजार ७२२ सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । नियम विपरीत चलेका २ हजार ६४८ बस, आठ हजार ८११ ट्रक, चार हजार ६६९ जिप तथा कार, ७४५ क्यारेक्टर, ३ हजार ७४४ मोटरसाइकल र १ हजार २३८ टेम्पो कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । सवारी कारबाहीबाट सबैभन्दा कम साउन मही नामा रु सात लाख ६५ हजार राजश्व सङ्कलन गरेका ट्राफिक प्रहरीले भदौमा रु १२ लाख २५ हजार, कात्तिकमा रु ११ लाख ९२ हजार, पुस, फागुन, चैत र वैशाख महिनामा रु १० लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

विपी राजमार्ग र मध्य पहाडी लोकमार्गमा सवारीको चाप बढ्दै जाँदा सवारीको कारबाही सङ्ख्या पनि बढ्दै गएको हो । आव २०७४/७५ मा ट्राफिकले रु एक करोड आठ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।

विपी राजमार्गको सिन्धुली सडकखण्डमा ‘टाइम कार्ड’ लागू गरिएपछि दुर्घटना कम भएका प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । सिन्धुली हुँदै काठमाडौँ र काठमाडौँ हुँदै तराईका विभिन्न जिल्लालाई गन्तव्य बनाएर दैनिक ७०० भन्दा बढी सवारी साधन गुड्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस