२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलिचोप्रति पर्यटकको आकर्षण बढ्दै

अ+ अ-

मुस्ताङ । विश्वकै अग्लो स्थानमा रहेको ताल सुन्दा पनि जोकोहीलाई एक पटक पुग जस्तो लाग्नु स्वाभाविकै हो । पछिल्लो समय तिलिचो पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तिलिचोप्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटकलाई सहजरुपमा त्यहाँ पुर्‍याउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा मुस्ताङको ठिनीबाट तिलिचोको आधार शिविर नमखुसम्म यतिखेर सडक विस्तार भइरहेको छ ।

मुस्ताङको पर्यटकीय गाउँ ठिनीबाट तिलिचोको आधार शिविर नमखुसम्म सडक विस्तार गर्ने योजनाअनुरुप काम अघि बढिसकेको गण्डकी प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली बताउँछन् । ‘पछिल्ला समय तिलिचोप्रति पर्यटकीय आकर्षण बढ्दै गएको छ’, उनले भने, ‘पदयात्रा गर्न नसक्नेका लागि नमखुसम्म मोटर बाटो खन्दै छौँ ।’

नमखुबाट करिब तीन घण्टा पैदल हिँडेपछि मेसो कन्दो पास हुँदै तिलिचो ताल पुग्न सकिन्छ । तिनीबाट नमखुसम्मको मोटरबाटको लागि गत आवमा रु ५० लाख विनियोजन गरिएको थियो । बाटो लगभग आधा सम्पन्न भइसकेको छ । ‘क्रमगत बजेटमार्फत यस वर्ष पुनः रु ५० लाखमा बाटो निर्माण भइरहेको छ’, थकालीले भने। नमखुबाट हिँड्न नसक्नेका लागि त्यहाँबाट तिलिचोसम्म केबुलकार निर्माण गर्ने योजना रहेको उनको भनाइ छ । भगवान् शिवले तपस्या गरी बसेको किंवदन्ती समेतका आधारमा तिलिचो धार्मिक रूपमा पनि उत्तिकै आकर्षक गन्तव्य हो ।

मनाङको नेस्याङ गाउँपालिका–९ स्थित उक्त ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्छ । चार दशमलव आठ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त ताल वरपर चाँदी जस्तै टलक्क टल्किएको तिलिचो हिमाल, अन्नपूर्ण शृङ्खला र निलगिरी हिमालले पर्यटकको मन लो भ्याउँछ ।

नमखुसम्म मोटर बाटो निर्माण गरिएसँगै यसले मुस्ताङबाट तिलिचो हुँदै मनाङ झर्ने वा मनाङबाट तिलिचो हुँदै मुस्ताङ झर्ने विकल्प पर्यटकका लागि खुला हुने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए । हिँड् नसक्ने पर्यटकका लागि तिलिचो पदयात्रा उत्तिकै महत्त्वपूर्ण गन्तव्य भएको र मुस्ताङको तिनीबाट नमखुसम्म सवारीसाधनमा यात्रा गरी त्यहाँ पुग्न सकिन्छ ।

मनाङ र मुस्ताङको विविधतायुक्त रमणीय भूभाग आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्छ । मुस्ताङको पर्यटकीय गाउँ तिनीमा होमस्टे (घरवास) सञ्चालनमा आएको छ । यहाँबाट मोटर बाटो हुँदै नमखुसम्म पुग्न सकिने भएपछि एकै दिनमा पर्यटक तिलिचो पुगेर पुनः मुस्ताङ नै फर्क नसक्ने घरपझोङ गाउँपालिका–५ का अध्यक्ष वीरेन्द्र थकालीले बताए ।

पर्यटकलाई लक्ष्य गरी नमखुमा आवश्यक पूर्वाधार निर्माण गरिँदै छ । घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ मुस्ताङ हुँदै छोटो समयमा तिलिचो पुगेर फर्क नसक्ने भएपछि यहाँको पर्यटकीय आकर्षण बढ्दै गएको बताउछन् । ‘पर्यटकको बढ्दो आगमनसँगै पूर्वाधार विकासलाई पनि सँगसँगै अघि बढाउँदछौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस