तेल ट्याङ्कर विस्फोटमा परी बीस भन्दा बढीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तेल ट्याङ्कर विस्फोटमा परी बीस भन्दा बढीको मृत्यु


२ भाद्र २०७६, सोमबार


कम्पाला, उगान्डा । पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको टयाङ्करमा आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै अनाडोल समाचार समितिले जनाइएको छ ।

केन्याबाट कङ्गोतर्फ गईरहेको सो तेल ट्याङ्करमा आगलागी भएको थियो । चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको एक सवारी साधन ट्याङ्कर ठोक्किदा बताइएको छ ।रासस/एएनआइ

प्रतिक्रिया दिनुहोस