आइकाओ सम्मेलन आजदेखि काठमाडौँमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आइकाओ सम्मेलन आजदेखि काठमाडौँमा


२ भाद्र २०७६, सोमबार


IACO SAMMELAN

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन आज (सोमबार)देखि काठमाडौँमा सुरु हुँदैछ ।

सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा ३९० विदेशी (उच्च अधिकारी) को सहभागिता रहनेछ ।

एसिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, जापान, बोइङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा)लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहने महानिर्देशक पोखरेलले बताएका छन् ।

यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्दै आएका छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । आइकाओ स्थापनाको ७५ औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस