२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत र जिल्ला अदालतले पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको विरुद्धमा शिल्पाले दायर गरेको रिटमा सुनुवाइ गर्दै एकल इजलासले यस्तो आदेश गरेको हो।

सर्वोच्चको यो आदेशले शिल्पालाई राहत भएको छ। जिल्ला अदालतमा मुद्दा दायर भएदेखि फरार रहेकी उनलाई अब सार्वजनिक हुने बाटो खुलेको छ। सर्वोच्चले भदौ १५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सोही दिन अदालतमा उपस्थित हुन शिल्पालाई भनिएकोे छ। शिल्पा सहित अन्य पक्षलाई पनि सोही दिन अदालत उपस्थित हुन सर्वोच्चले भनेको छ।

शिल्पा भने सर्वोच्चमा उपस्थित थिइनन्। शिल्पाले आफ्नो बारेस मार्फत साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

जिल्ला, उच्च हुँदै उक्त विवाद सर्वोच्च अदालत पुगेको थियो।

जिल्ला अदालत काठमाडौ‌ंले बहु-विवाहमा मुद्दा दायर भएपछि छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरू हालसम्म फेला परेका छैनन्।

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन्। उच्च अदालतमा उनले आफू विरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने जिकिर गरेकी थिइन्।

शिल्पाको उक्त निवेदनमा साउन २४ गते भएको सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको आदेश रोक्न आदेश दिन अस्वीकार गरेको थियो। उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा पक्ष सर्वोच्च पुगेको हो।

प्रतिक्रिया दिनुहोस