२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपहिरोसम्बन्धी स्थायी समाधान खोज्नुपर्ने सांसदको माग

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो क्षति भएको भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।

सांसद उमा रेग्मीले सुगौली सन्धिलगायतका सन्धिको सक्कलप्रति नेपालमा नभएको सुन्नमा आएको छ भन्दै त्यसको वास्तविकताबारे सरकारको जवाफ माग गरिन्। ‘नेपालीको हातमा जग्गा छ तर लालपूर्जा भारतमा छ, यस्तो किन हुन्छ ?, भारतसँगको सिमानामा समस्या छ, त्यसको सरकारले दीर्घकालीन समाधान किन खोज्न सकिरहेको छैन ?’, उनले प्रश्न गरिन्।

सांसद देवप्रसाद गुरुङले सैन्य आदातलसम्बन्धी ऐनमा भएको व्यवस्थालाई संशोधन गर्नुपर्ने माग गरे । सांसद डा.मीनेन्द्रप्रसाद रिजालले आर्थिक वृद्धिका बारेमा हल्का टिप्पणी नगर्न सरकारसँग आग्रह गरे । सांसद अनिलकुमार झाले बाढीका कारण तराईका जनताको जनधनको क्षतिबारे पटकपटक ध्यानाकर्षण गराउँदासमेत सरकारले बेवास्ता गरेको भन्दै गुनासो गरे ।

‘असारको अन्तिम साता बाढीका कारण मधेशमा ठूलो जनधनको क्षति भयो तर बाढी पहिरोका बारेमा पटकपटक कुरा राख्दासमेत दीर्घकालीन समाधान खोजिएको छैन, सरकारले वितरण गरेको राहत पनि एकपक्षीय भएको छ, फितलो भएको छ, यसबारेमा सरकारको ध्यानाकर्षण होस्’, उनले भने । सांसद उमाशङ्कर अरगरियाले कूल जनसङ्ख्याको १२ प्रतिशत मैथिली भाषा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हटाइएको भन्दै आपत्ति जनाए ।

सांसदद्वय प्रेम सुवाल र गोपालबहादुर बमले विभिन्न स्थानमा भारतले लगाएको तटबन्ध हटाउनका लागि पहल गर्न सरकारसँग आग्रह गरे । सांसद प्रदीप यादवले प्रक्रिया पूरा गरेका नेपाली नागरिकलाई राज्यले नागरिक प्रदान गर्नुपर्छ भने ।

सांसद मोतीलाल दुगडले मुलुक निर्माणमा योगदान पुर्‍याउँदै आएको मारवाडी समुदायलाई राज्यले बेवास्ता गरेको भन्दै गुनासो गरे । सांसद प्रकाश रसाइली स्नेहीले देशमा विभिन्न स्थानमा अवैधानिकरूपमा भएको बालुवा उत्खनन रोक्नुपर्नेमा जोड दिए ।रासस

प्रतिक्रिया दिनुहोस