सेतीमा बालिका बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेतीमा बालिका बेपत्ता


१ भाद्र २०७६, आइतबार


ढल

डोटी । सेती नदीमा आईतबार एक बालिका बेपत्ता भएकी छन् ।

दिपायल सिलगढी नगरपालिका–४ घर भएकी वर्ष ८ की करिस्मा नेपाली दिपायल सिलगढी नगरपालिका–३ बासुधारा नजिकबाट नुहाउने क्रममा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले बताए ।

मामा घरमा गएकी बालीका नुहाउने क्रममा बिहान १० बजेतिर बेपत्ता भएकी हुन् । अहिले निज बालिकाको नेपाल प्रहरी र स्थानीयहरुले खोजी कार्य गरिरहेका छन् ।

सेती नदीमा २०७६ बैशाखदेखी हालसम्म आठ जना बेपत्ता भएका छन् भने तीन जनाको शव समेत भेटिएको छैन् ।

Tags :
प्रतिक्रिया दिनुहोस