आरक्षण बचाउ प्रदर्शनकारी र प्रहरीबीच झडप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आरक्षण बचाउ प्रदर्शनकारी र प्रहरीबीच झडप


३२ श्रावण २०७६, शनिबार


काठमाडौँ । ‘आरक्षण बचाऔँ आन्दोलन’ को नाममा लोक सेवा विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ ।

शनिबार दिउँसो भृकुटीमण्डपबाट निकालिएको जुलुस पुतलीसडक पुगेपछि प्रहरीसँग झडप भएको हो ।

झडपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायत आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन्।

दिउँसो ४ बजे लाठी जुलुस निकाल्ने कार्यक्रम तय गरेका आन्दोलनकारीको लाठी भृकुटीमण्डपमै प्रहरी खोसेपछि विरोध र्‍याली निकालिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस