२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गङ्गटो हैन कमिलोजस्तै बनौँ : मन्त्री पण्डित

अ+ अ-

स्याङ्जा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् ।

“गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ”, उनले भने, “अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।” उनले कम्युनिष्ट विचार बोकेका मानिस भीडको पछि नलागी असल कार्य गर्न लाग्न सुझाव दिए । “अहिलेको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा सरकारको मात्र हैन”, मन्त्री पण्डितले भने, “यो त कम्युनिष्टको पनि हो, त्यसैले सानातिना कार्यमा नअल्झिन कार्यकर्तालाई आग्रह गर्दछु ।”

सङ्घीयताको कार्यान्वयन सफलरुपमा हुनु भनेको नेपाल समृद्धतर्फ लम्कनु हो भन्दै मन्त्री पण्डितले सबै कार्यकर्तालाई सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गरे। “हाम्रा नेता तथा कार्यकर्ता साना कुरामा अल्झिने हैन”, उनले भने, “आन्तरिक किचलो आन्तरिक रुपमै मिलाउ बाहिर नल्याउ ।” उनले स्थानीय तहमा कर्मचारीको अभाव छिट्टै हटेर जाने जिकिर गरे ।

सरकार व्यावहारिक परिवर्तनका काम गर्दै आएको भन्दै मन्त्री पण्डितले परिणाम आउन केही समय लाग्ने बताए । उनले सरकार विरोधी तत्वहरु आफैँ निरुत्साहित भएर जानेसमेत दाबी गरे । उनले आज बिहानै बागलुङ नगरपालिका–४ कुडुलेस्थित निर्माणाधीन भूमिगत शालीग्राम सङ्ग्रहालयको अनुगमन र कालिका मन्दिरको दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस