वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन


३२ श्रावण २०७६, शनिबार


काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट पीडित रहेकी अधिकारीको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायत चर्चित छन् ।

उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस