निजामती कर्मचारीको उमेर हद ६० वर्ष - प्रशासन प्रशासन

निजामती कर्मचारीको उमेर हद ६० वर्ष


प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार ०८:१०

काठमाडौं । निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याउने भएको छ।

संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको छ।

मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था थर्न लागिएको हो। हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ। राजधानी दैनिकबाट

Tags:

प्रतिक्रिया दिनुहोस