२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुँडिखेल र सैनिक मञ्च चिटिक्क बनाइने

अ+ अ-

काठमाडौँ। काठमाडौँको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चीकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न राजधानीमा उपलब्ध ऐतिहासिक धरोहरका रूपमा रहेको टुँडिखेललाई सुधार गर्ने क्रममा आधुनिक संरचना, नेपाली वास्तुकलासहित सैनिक मञ्चको क्षमता वृद्धि गरिनेछ । काठमाडौँ मध्यभागमा अवस्थित सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टुँडिखेल मुलुककै गौरव हो ।

टुँडिखेलभित्र विसं २०१८ मा आधुनिक सैनिक मञ्च निर्माण गरिएको थियो । पुनःनिर्माणको क्रममा टुँडिखेल वरिपरि उद्यानसहितको ‘जगिङ ट्र्याक’ र महाँकाल मन्दिरबाट पुरानो बसपार्क जाने आकर्षक लिङ्करोड र दक्षिणमा प्यारापिट बनाइनेछ । घोडेजात्रा, गणतन्त्र दिवस, संविधान दिवस, शिवरात्रि र फूलपाती बढाइँजस्ता कार्यक्रममा पहुँच असुविधा भएपछि टुँडिखेल वरपरका रुख र भवनका छतबाट जोखिम सहेर सर्वसाधारणले कार्यक्रम हेर्दै आएका छन् ।

टुँडिखेलको पुनःनिर्माण र उत्थानका लागि झण्डै रु ९० करोड आवश्यक पर्नेमा यस वर्ष वार्षिक बजेटमा रु पाँच करोड परेको नेपाली सेनाले जानकारी दिएको छ । पुनःनिर्माणलाई सेनाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा अघि बढाउने निधो गरेको बताइएको छ ।

सैनिक मञ्चमा हाल कायम रहेको एक हजार ३६५ सिट सङ्ख्यालाई बढाएर तीन हजार ८० पुर्‍याउने, भूकम्प प्रतिरोधी परम्परागत नेपाली संरचना, अतिविशिष्ट व्यक्तिका लागि ‘बुलेटप्रुफ क्याबिन’, फरक क्षमताका व्यक्तिमैत्री भौतिक पूर्वाधार, सर्वसाधारणका लागि सहज पहुँच र भूमिगत पार्किङसम्बन्धी विषय टुँडिखेल तथा सैनिक मञ्च सुधार परियोजनामा समावेश गरिएकोे छ ।

अतिविशिष्ट व्यक्तिसमेत उपस्थित भइरहने तथा राष्ट्रिय कार्यक्रम हुने सैनिक मञ्चलाई साजसज्जासहित चिटिक्क र आधुनिक तुल्याउने कार्यक्रम अघि बढाइएको रक्षा मन्त्रालयका सहायक प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए । त्यहाँ लिफ्टसहितको व्यवस्था गरिने बताइएको छ ।

विसं १९९० अघि र पछिका ठूला भूकम्पमा राजधानीवासीलाई आश्रय दिँदै आएको टुँडिखेल शहरी क्षेत्रका नागरिकको लागि अहिले बिहान–बेलुका स्थास्थ्यलाभका लागि हिँड्डुल गर्ने थलोका रूपमा समेत प्रयोग भइरहेको छ । त्यसो त, पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी हुन जाने नेपाली युवाले यसै टुँडिखेलमा अभ्यास गरेको इतिहास छ । शहरका केटाकेटीलाई दुःख दिने गुरुमापा नामक राक्षसलाई घोडाको टापले थिचेर अन्त्य गर्न घोडा कुदाउने परम्परा पनि यही टुँडिखेलले बोकेको छ ।

मुलुकका विभिन्न भागका नागरिकले काठमाडौँ आएर हेर्ने महत्वपूर्ण स्थलका रूपमा रहेको टुँडिखेलमा अहिले शहरी क्षेत्रका स–साना केटाकेटी र युवापुस्ताका लागि फुटबल र क्रिकेट सिक्ने ठाउँ तथा योग अभ्यास गर्ने थलो भएको छ । विभिन्न चाडपर्वसँग जोडेर टुँडिखेलमा अचेलभर मेला र महोत्सवसमेत आयोजना गरिँदै आइएको छ ।

वीर सैनिकको योगदानको स्मरण र कदरस्वरुप निर्माण गरिएको सैनिक मञ्चमा विगतमा नेपाल भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मान गारत प्रदान गर्ने प्रचलन थियो । पुनःनिर्माणपछि टुँडिखेलमा आयोजना हुने राष्ट्रिय कार्यक्रममा सर्वसाधारणको पहुँचलाई समेत व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ ।