नेकपा सचिवालय बैठक शुक्रबार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक शुक्रबार


३० श्रावण २०७६, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरी टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल रहेकाले आज अनौपचारिक रुपमा बैठक बसेको र शुक्रबार पुनः बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सहमति जुट्न नसकेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै यसअघि दुई पटक स्थगित भएको थियो । नेकपाको स्कुल विभागमा टुङ्गो नलाग्दा बैठक पटकपटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी रहेको बताइएको छ । यसअघि साउन १३ गते बैठक बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस