केरलाको बाढीमा परी १०४ को मृत्यु , ३६ बेपत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

केरलाको बाढीमा परी १०४ को मृत्यु , ३६ बेपत्ता


३० श्रावण २०७६, बिहिबार


केरला, भारत । भारतको केरला राज्यमा आएको मनसुनी बर्षापछि देखापरेको बाढी, डुबान र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार दिउसोसम्म १०४ पुगेको छ ।

राज्यको प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार बाढीका कारण अरु ३६ जना अझै हराइरहेका छन् भने ३६ जना घाइते अवस्थामा छन् ।

प्राधिकरणका अधिकारीहरुले यो विवरण यही अगस्ट ८ देखि अगस्ट १५ (बिहीबार)  दिउसो तीन बजेसम्मको भएको बताएका छन् ।

केरलाको मालापुरम जिल्लामा बाढीको सवैभन्दा धेरै प्रभाव देखिएको अधिकारीहरुको भनाई छ । उनीहरुका अनुसार यस जिल्लामा मात्रै ४३ जनाको मृत्यु भएको छ ।

बाढीबाट १४ जिल्लामा प्रभाव परेकोमा दोस्रो धेरै मानवीय क्षति कोझीकोडेमा भएको छ । त्यस जिल्लामा २७ जनाको मृत्यु भएको विवरण आएको छ भने वायानादमा १२ र कानपुरमा ९ जनाको मृत्यु भएको जनाइएको छ ।

अधिकारीहरुका अनुसार बाढीबाट प्रभावित भएकामध्ये एक लाख ७५ हजार ३७३ जनालाई राज्यका विभिन्न ठाँउमा रहेका एक हजार ५७ ओटा शिविरहरुमा राखिएको छ ।

बाढीबाट मानवीय क्षति भोगेको परिवारलाई चार लाख रुपैँयाका दरले राहत उपलब्ध गराउने घोषणा मुख्य मन्त्री मिनारायी विजयले बुधबार गरेका थिए । रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस