काठमाडौं । प्रहरीले पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ टेलिभिजन च्यानलको कार्यालयबाट बिहीवार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पत्रकार सालीकराम पुडासैनीलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।







