सिडीओ र सहायक सिडीओबीच पाँच बुँदे सम्झौता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिडीओ र सहायक सिडीओबीच पाँच बुँदे सम्झौता


३० श्रावण २०७६, बिहिबार


काठमाडौँ । प्रमुख जिल्ला अधिकार (सिडीओ) र सहायक प्रमुख जिल्ला अधिकारीबिच कार्य सम्पादन सम्झौता भएको छ ।

जिल्ला प्रशासन कार्यालय धुन्चे रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी र सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराईले चालू आर्थिक वर्ष ०७६÷७७ मा सम्पादन गरिने ५ वटा क्षेत्र तथा ५० वटा कामहरूको पहिचान र वस्तुनिष्ठ वैज्ञानिक सूचकाङ्क सहित १०० पुर्णाङकलाई आधार मानी तयार गरिएको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रजिअ र सप्रजिअबीच भएको सम्झौतासँगै जिल्ला प्रशासनमा कार्यालयमा कार्यरत सबै शाखा प्रमुख र कर्मचारीलाई कार्यसम्पादन सम्झौंता सहित कार्य विवरण दिइएको छ । यसै अनुसार कर्मचारीको चौमासिक मूल्याङ्कन हुने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

यस्तो छ सम्झौता पत्र

Tags :
प्रतिक्रिया दिनुहोस