१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रमण वर्ष सफल बनाउन प्रहरीको महत्वपूर्ण भूमिका’

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई छिटो, छरितो र सुविधायुक्त सेवा दिनुपर्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विमानस्थल प्रहरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । ‘प्रहरीले दिने सेवाका कारण नै नेपाल भ्रमण वर्ष सफल भए नभएको प्रष्ट हुन्छ, यसलाई सफल बनाउन गुणस्तरीय सेवाका लागि प्रहरी लाग्नुपर्छ’, उनले भने ।

महानिरीक्षक खनालले विदेशी पाहुनाले नेपाल कस्तो छ भन्ने कुरा विमानस्थलबाटै थाहा पाउने हुँदा विमानस्थलको सरसफाइबारे विशेष ध्यान दिनुपर्ने बताए । उनले विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिमा प्रहरी प्रधान कार्यालयले विशेष चासो दिएको उल्लेख गरे । महानिरीक्षक खनालले विदेशी पाहुनालाई मिठो बोली व्यवहारका साथ ‘स्वागत’ र ‘धन्यवाद’ भन्न प्रहरी लजाउन नहुने बताए ।

पछिल्लो समय विमानस्थलमा सुनलगायत विभिन्न इलेक्ट्रोनिक्स समानको अवैध तस्करी बढेको, विमानस्थलका कर्मचारीले यात्रुहरुको लगेज लैजाने वा निकाल्ने क्रममा जथाभावी फालेकोलगायतका गुनासो आएको सन्दर्भमा उनले विमानस्थलभित्र हुने अनियमित क्रियाकलाप रोक्न निर्देशन समेत दिएका हुन् ।

सोही अवसरमा महानिरीक्षक खनालले विमानस्थलको सुरक्षासम्बन्धी व्यवस्थाको बारेमासमेत जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस