गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको लेक लागेर मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको लेक लागेर मृत्यु


३० श्रावण २०७६, बिहिबार


रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौंको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो ।

समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस