सुदूर पश्चिम प्रदेश सरकारले दियो रक्षा बन्धनमा बिदा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुदूर पश्चिम प्रदेश सरकारले दियो रक्षा बन्धनमा बिदा


२९ श्रावण २०७६, बुधबार


काठमाडौँ । सुदूर पश्चिम सरकारले भोलि श्रावण ३० गते बिहीबारका दिन सार्वजनिक बिदा दिएको छ ।

सुदूर पश्चिम प्रदेशको महत्त्वपूर्ण पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरू एवं सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरू एवं सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने भनी मिति २०७६ साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएकोले माननीय मन्त्रीज्यूको निर्देशानुसार सम्बन्धित सबैको लागि जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, निमित्त प्रदेश सचिव तेज प्रकाश जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस