२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीमा सर्पदंशका बिरामी बढ्दै

अ+ अ-

परासी । आवश्यक सावधानी नअपनाउँदा पछिल्लो समय पश्चिम नवलपरासीमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । जिल्लाका विभिन्न अस्पतालमा अहिले दैनिक सर्पदंशका बिरामी आउने गरेका छन् ।

बढ्दो गर्मी र वर्षात्को मौसमसँगै सर्पको बिगबिगी बढेको तर यसबाट बच्न आवश्यक सुरक्षाका उपाय नअपनाउँदा सर्पको डसाइबाट प्रभावित बढेका चिकित्सकले बताएका छन् । पृथ्वीचन्द्र अस्पताल परासीका प्रबन्धक सुरेन्द्र अधिकारीले गर्मीसँगै वर्षाको मौसम भएकाले प्रत्येक दिनजसो नै सर्पले मानिसलाई टोक्न थालेका बताए ।

यसैगरी बर्दघाटस्थित चिसापानी अस्पतालमा पनि दैनिक ३/४ जनाका दरले सर्पदंशका बिरामी आउने गरेको उक्त अस्पतालले जनाएको छ । पश्चिम नवलपरासीका अस्पतालमा भेन्टिलेटरको सुविधा नभएकाले प्रारम्भिक उपचारपछि सर्पदंशका बिरामीलाई अन्यत्र रिफर गर्ने गरिएको छ ।

सर्पको डसाइपछि अस्पतालमा आउने बिरामीलाई पहिला परीक्षणमा राखी सर्पदंंशको लक्षण देखिएपछि मात्र एन्टीस्नेक दिएर प्रारम्भिक उपचार गर्ने र त्यसपछि थप उपचारका लागि बुटवल चलान गर्ने गरिएको चिसापानी अस्पतालले जनाएको छ ।

परासी र चिसापानी दुवै अस्पतालमा भेन्टिलेटरको सुविधा नभएकाले बिरामीलाई एन्टीस्नेक भेनम दिएर प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल चलान गर्ने गरिएको छ । समयमै आउने बिरामीको उपचारपछि निको हुने सम्भावना बढी हुने गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक डा मोहम्मद नुरुल होदाले जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण आएको बाढीले गर्दा जमीनमुनि रहने सर्प मानिसको बस्तीभित्र छिर्ने गर्दछन् । अहिले पनि धेरै सर्पदंशका बिरामी घरेलु उपचार र धामीझाँक्रीको भर पर्ने गरेका उनको भनाइ छ । वैशाखदेखि असोजसम्म सर्पको बढी जोखिम हुने गरेकाले आवश्यक सावधानी अपनाउन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस