पोखरामा श्रृखलाबद्ध चोरी गर्ने पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोखरामा श्रृखलाबद्ध चोरी गर्ने पक्राउ


२९ श्रावण २०७६, बुधबार


काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् । उनले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी यसअघि पनि डाकाचोरी मुद्दामा समेत दुई पटक जेल परिसकेका व्यक्ति हुन् ।

पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटेलगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

उनीसँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस