२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनामा छ रङका पट्टा

अ+ अ-

काठमाडौं । नेपाली सेनाले भूतपूर्व सैनिकका लागि छ रङका पट्टासहित छ किसिमको कल्याणकारी निवृत्तिभरण सञ्चालन गरेको छ । सकल दर्जाका सैनिकलाई अवकाशपछि आर्थिक राहत पुर्‍याउने उद्देश्यले सेनाले ४४ वर्षअघि अर्थात् २०३२ सालमा शान्तिसेनामा खटिएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट सैनिक कल्याणकारी कोष स्थापना गरेको थियोे ।

अर्धवार्षिक रुपमा दुई हजार ५०० तथा वार्षिकरुपमा रु पाँच हजारका दरले साधारण निवृत्तिभरण प्राप्त गर्ने सकल दर्जालाई पहेँलो रङको पट्टाको व्यवस्था गरिएको छ । सत्तरी वर्ष उमेर नाघेका भूतपूर्व सैनिक तथा आश्रित परिवारका लागि एक हजारका दरले ज्येष्ठ सैनिक कल्याणकारी निवृत्तिभरण पाउनेलाई हरियो रङको पट्टा उपलब्ध गराइएको छ ।उक्त कोषमा हाल ३८ अर्ब ५७ करोड ६० लाख मौज्दात रहेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । उक्त कोषको यथार्थ सम्पत्ति अहिले रू.४४ अर्ब २१ करोड ९० लाख ४० हजार पुगेको छ ।

वीरगति प्राप्त तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु हुने सैनिकका परिवार (श्रीमान/श्रीमती) विधवा र विदुरका साथै कालगतिले मृत्यु हुने अवकाश प्राप्तका श्रीमतीलाई मासिक रु एक हजार उपलब्ध गराउने व्यवस्थासहित एकल महिला निवृत्तिभरणका लागि नीलो रङको पट्टा प्रदान गरिएको छ । रामेछापको आगलागी, राम्चेको पहिरो र भूकम्प लगायत विभिन्न घटनामा मृत्यु भएका, वीरगति प्राप्त गरेका तथा बेपत्ता भएका सकल दर्जाका लागि कल्याणकारी कोषबाट मासिक रुपमा उपलब्ध गराइएको दुई हजार लिनका लागि खैरो रङको पट्टा दिइएको छ ।

कोषबाट निवृत्तिभरण सहुलियत खाईपाई रहेका ९० देखि ९८ वर्ष ११ महीना ३० दिनसम्मका हिताधिकारीलाई मासिक रु तीन हजार उपलब्ध गराउँदै अति ज्येष्ठ निवृत्तभरण सहुलियतको सूचीमा राखेर प्याजी रङको पट्टा प्रदान गरिएको निर्देशक सहायकरथी केसीले जानकारी दिए । निवृत्तिभरण सहुलियत लिएका ९९ वर्षमाथिका हिताधिकारीलाई अति ज्येष्ठ मासिक निवृत्तिभरण पाउने कोटीमा राखेर नेपाली सेनाले उक्त कोषबाट प्रतिमहीना १० हजार उपलब्ध गराउँदै आएको छ । उक्त कोटीमा रहेका नागरिकलाई रातो रङको पट्टा उपलब्ध गराइएको छ । उक्त कोषबाट हाल ८१ हजार भूतपूर्व सैनिक तथा आश्रित परिवारले सो सुविधा प्राप्त गरिरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस