समृद्धि सबैको साझा प्रयासबाट मात्रै सम्भव छ : मन्त्री राई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समृद्धि सबैको साझा प्रयासबाट मात्रै सम्भव छ : मन्त्री राई


२६ श्रावण २०७६, आइतबार


नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्जको समृद्धि सबैको साझा प्रयासबाट मात्र सम्भव हुने बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आजदेखि १० हजार बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्दै मन्त्री राईले नेपालगञ्जमा सडक, नाला बनाउने क्रममा रूखबिरुवा काटेर गरिएको गल्तीको क्षतिपूर्ति बिरुवा रोपेर पूरा गरिनेछ भने ।

मन्त्री राईले नेपालगञ्जको जमुनाहास्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै आफ्नो मन्त्रालयले सातै वटा प्रदेशका प्रमुख शहरमा यो अभियान सञ्चालन गरेको बताए । त्यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले उपमहानगरपालिकाले बिरुवा रोप्ने जग्गा उपलब्ध गराउनाका साथै बिरुवाहरुको संरक्षण गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस