२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

काठामाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताएका छन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पतालको कर्मचारी आवास गृहको आज शिलान्यास गर्दै उनले प्रदेशअन्तर्गतका अस्पताललाई सुविधासम्पन्न बनाइने प्रतिबद्धता व्यक्त गरे ।

संघ सरकारले हस्तान्तरण गरेर प्रदेश मातहतमा रहेका ११ जिल्ला अस्पताललाई स्तरोन्नती गरी ५० शै्याको बनाउने अभियानमा जुटेको बताउँदै उनले अस्पतालमा आवश्यक भौतिक संरचनासहित जनशक्ति र उपकरणको व्यवस्था गरिने उल्लेख गरे । समाजका असहाय एवं विपन्न जनतालाई आधारभूत शिक्षा, स्वास्थ्यको पहुँच पु¥याउन नसकेसम्म समृद्धि प्राप्त गर्न नसकिने बताउँदै मुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालले चलान गरेका सबै रोगका बिरामीको उपचार गर्ने सुविधासम्पन्न अस्पताल सञ्चालनका लागि संघ सरकारसँग माग गरिएको जानकारी गराए ।

प्राकृतिक सुन्दरता एवं सांस्कृतिक सम्पन्न गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उनले सरकारले पर्यटन विकासका लागि २७४ घरबास र ११० वटा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार विकासको अभियानमा जुटेको बताए । सो अवसरमा मुख्यमन्त्री गुरुङले अस्पताल हातामा निमको बिरुवासमेत रोपेका थिए ।

अस्पतालका संस्थापक अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले जनताको प्रत्यक्ष सहभागितामा सञ्चालित मातृशिशु मितेरी अस्पतालको स्थापनामा जाइकाको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै यसलाई बालबालिका तथा महिला अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले अस्पतालको विकासका लागि मन्त्रालयले आवश्यक उपकरण खरीद तथा भौतिक संरचना निर्माणका लागि रु आठ करोडभन्दा बढी रकम विनियोजन गरेको जानकारी गराए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. प्रेमराज पगेनीले अस्पतालको दिनप्रतिदिन महत्व बढ्दै गएको बताउँदै गत आव मात्र ५८८ जनाले अस्पतालमा सुरक्षित प्रसूति गराउन सफल भएको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले सामाजिक विकास मन्त्रालयको रु तीन करोडको लागतमा पाँच तले कर्मचारी आवास गृह निर्माण गर्न लागेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस