नेपाली सेनाका मेजर सिंह लागू औषध सेवनकर्तासँगै कारोबारी पनि « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपाली सेनाका मेजर सिंह लागू औषध सेवनकर्तासँगै कारोबारी पनि


२६ श्रावण २०७६, आइतबार


काठमाडौँ । ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका सेनानी (मेजर) अजित प्रताप सिंह लागू औषध प्रयोगकर्तासँगै कारोबारीसमेत भएको खुलेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिवार साँझ पक्राउ गरेका मेजर सिंह सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत रहेको बुझिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा मेजर सिंह आफै सेवन कर्ता पनि भएको र विक्री वितरण पनि गर्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले प्रशासनलाई जानकारी गराए ।

पक्राउ परेका सिंहको साथबाट डेढ ग्राम तौलका ब्राउन सुगरका पोका भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी समिरचन्द्र खरेलकाअनुसार मेजर सिंह विरुद्ध लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत, सुनसरीमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।

लागू औषधसहित पक्राउ परेका सिंहको हकमा सैनिक ऐन र अदालत दुवै तर्फबाट कारबाही अगाडी बढाउन सकिने प्रावधान छ ।

र यो पनि , 

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस