गाउँपालिका अध्यक्षको सरकारी गाडीमा आगजनी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गाउँपालिका अध्यक्षको सरकारी गाडीमा आगजनी


२६ श्रावण २०७६, आइतबार


काठमाडौँ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको सरकारी गाडीमा आगजनी भएको छ ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको सेतो प्लेटको गाडीमा अज्ञात समूहबाट आगजनी भएको हो ।

गाउँपालिकास्थित वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा शनिवार मध्य राति आगजनी भएको र गाडी जलेर पूर्णरुपमा क्षति भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

आगो कसले, किन लगाएको हो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस